राष्ट्रिय निबन्ध प्रतियोगिता २०१७ को विजेता घोषणा


आर्थिकन्यूज

काठमाडौं, मंसिर १८ । ‘विकासको लागि शिक्षा’ भन्ने विषयमा आयोजना भएको प्रथम राष्ट्रिय निबन्ध प्रतियोगिताका विजेता प्रतिक भण्डारीले ५० हजार जितेका छन् । टाइम्स इन्टरनेसनलमा अध्यायनरत भण्डारीले प्रथम स्थान हासिल गरि उक्त रकम जितेका हुन् । त्यस्तै जेभियर कलेजमा पढ्ने अंकुर थापाले दोस्रो स्थान प्राप्त गरि ३० हजार तथा डीएभी कलेजकी ऋतु थापाले तेस्रो स्थान प्राप्त गरि २० हजार प्राप्त गरेकी छिन् ।

राजधानीमा भएको एक कार्यक्रममा उनीहरुलाई पुरस्कार रकम प्रदान गरिएको हो । उक्त निबन्ध प्रतियोगिता ल्याण्डमार्क एडुकेसन र म्याक्चर विश्वविद्यालय अष्ट्रलियाद्वारा भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया