घुस लिँदालिँदै अख्तियारको फन्दामा कलंकी मालपोतका कर्मचारी


आर्थिकन्यूज

काठमाडौं, मंसिर १८ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कलंकीस्थित मालपोत कार्यालयका दुई कर्मचारीलाई ३० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरेको छ ।

आयोगका सहायक प्रवक्ता खगेन्द्र रिजालका अनुसार जग्गा हाल साविक गरी जग्गा धनी प्रमाण पूर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग विभिन्न बाहानामा घुस माग्दै गरेको अवस्थामा नायब सुब्बाद्वय शेरबहादुर थापा र नारायणमणि खनाललाई घुस रकमसहित आयोगको टोलीले पक्राउ गरेको हो ।

सेवाग्राहीसँग कर्मचारीले घुस मागेको भन्ने सूचना आयोगका कर्मचारीलाई प्राप्त भएपछि आयोगको टोली मालपोतमा पुगेको थियो । कानुनअनुसार जग्गा हाल साविक गरी जग्गाधनी प्रमाणपत्र दिनुपर्ने भए पनि नायब सुब्बाद्वय थापा र खनालले घुस मागेका थिए । घुस मिलाउन विचौलियाको काम गर्ने कपिलदेव खड्कालाई समेत आयोगको टोलीले पक्राउ गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया