बम ब्लास्टमा गगन थापा सहित को को परे ? (अपडेट)


आर्थिकन्यूज

काठमाडौं, मंसिर १८ । पूर्वमन्त्री एवम् काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन कुमार थापालाई लक्षित गरी केही बेर अघि राजधानीको चपलीस्थित भंगालमा बम प्रहार भएको छ । उक्त बम प्रहारबाट थापासहित ११ जना घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरु मध्ये ४ जनाको अवस्था गम्भीर छ । थापासहित सबै घाइतेको शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।

घाइतेहरुको सूची

थापाको कान र ढाडमा चोट लागेको छ । उनलाई बमको छर्रा लागेको हो । यद्यपि उनको चोट सामान्य छ । थापाले आफू मुस्लिकले बचेको बताए । उनले भने, ‘घरदैलो ढिलो सुरु भएकाले जुलुसलाई अघि बढाउन छिट्टो हिडेको बेला परेर म बचेँ । साथीहरु पर्नुभयो ।’

विस्फोट कसले गरायो भन्ने खुलेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया