बाँचुन्जेल सिलवाललाई छोड्दिन: गुनबहादुर


आर्थिकन्यूज

काठमाडौं, मंसिर १७ । पूर्वडीआईजी तथा नेकपा एमालेका नेता नवराज सिलवाल पीडित गुनबहादुर थापा (शम्भु)ले आफूमाथि गरेको अन्यायविरुद्ध आफ्नो श्वास रहुनजेलसम्म लागिरहने बताएका छन् ।

Eco Roofing

आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै थापाले ९ वर्षदेखि सिलवालले आफूलाई दिएको पीडा ललितपुरका जनतासमक्ष पुर्याउन तथा उनको अन्यायको श्रृंखला पर्दाफास गर्नका लागि उम्मेदवार बनेको बताए ।

पत्रकार सम्मेलनमा उनले भने–‘मलाई १५ महिनासम्म झुटा मद्दा लगाएर जेल पुर्याउने पूर्वडीआईजीले मलाई अझै अपराधी भनेर ललितपुरका जनता समक्ष भनिरहेका छन् । सोझा सिधा जनतालाई गुमराहमा राखेर आफू पानीमाथिको ओभाने बन्न खोजेका छन् । निर्दोष मानिसलाई विभिन्न दुःख दिएर जेल पुर्याउने म अपराधी कि सिलवाल अपराधी त्यसको फैसला जनताले गर्नुपर्ने भन्दै जनतासमक्ष जान खोज्दा अझै पनि मलाई अवरोध गर्दै आएका छन् ।’

चुनावी प्रचारमा अझै पनि सिलवालले आफ्ना कार्यकर्ता प्रयोग गरेर धरपकड गर्दै ज्यान मार्ने धम्कीसमेत दिने गरेको थापाले आरोप लगाए । सरकारले आफ्नो ज्यानको सुरक्षाको माग गर्दा न्याय नदिएको र न्यायका लागि जनतासमक्ष जान पाउने अधिकारबाट समेत राज्यले बन्चित गरेको आरोपसमेत उनले लगाए ।

गुनबहादुरको बैगुनी आरोपले डिआईजी सिलवाललाई अर्को आपत्

नवराज सिलवालद्वारा सर्वस्व लुटिएका ब्रिटिश लाहुरेको दर्दनाक कथा (भिडियो सहित)

फेसबुकबाट तपाईको प्रतिक्रिया