यस्तो रहेछ गौचनको हत्याको कारण


आर्थिकन्यूज

काठमाडौं, मंसिर १७ । निर्माण व्यवसायी शरदकुमार गौचनका मुख्य योजनाकार समिरमान बस्नेतलाई आइतबार प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ ।

पक्राउमा परेका बस्नेतलाई आज दिउँसो २ बजे प्रहरीले सार्वजानिक गरेको छ । बस्नेत पक्राउ परेसँगै गौचन हत्याको कारण पनि खुलेको छ ।

सीआईबीले जनाए अनुसार मृतक गौचनले आफ्नो डाँफे कन्स्ट्रक्सनमा शेयर दिने भनेर गजुरमुखी कन्स्ट्रक्सनका मुख्य लगानीकर्ता कुमार घैंटेमार्फत साढे २ करोड लिएका र जसमध्ये एक करोड समीरमानको भएको दाबी छ । तर कुमार श्रेष्ठको मृत्युपछि उक्त रकम बराबरको डाँफे कन्स्ट्रक्सनमा शेयर वा रकम फिर्ता गर्नभनि समिरमानले पटक पटक माग गर्दा पनि फिर्ता नगरेपछि उनीहरुबीच विवाद उत्कर्षमा पुगेको उल्लेख छ ।

सीआईबीका अनुसार समिरमानले विरगञ्जदेखि विराटजगर जोड्ने हुलाकी मार्गको ठेक्काको कमिशन बापतको २ प्रतिशत रकम पनि माग गरेकोमा गौचनले बेवास्ता गरेको उल्लेख छ ।

गौचनको गत असोज २३ मा राजधानीको नयाँ बानेश्वरमा हत्या भएको थियो । सोही घटनामा संलग्न मुख्य सुटर सहित पाँच जनालाई प्रहरीले कात्तिक २८ मा पक्राउ गरेको थियो । प्रहरीले लामो अनुसन्धानपछि प्रहरीले गौचनको हत्यामा संलग्न सुटरसहित पाँच जनालाई पक्राउ गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया