सेञ्चुरीको ’मल्टिपल करेन्सी कार्ड’


आर्थिकन्यूज

काठमाडौं, कार्तिक २९ । सेञ्चुरी कमर्सियल बैंकले भारतको एक्सिस बैंकसँगको सहकार्यमा ’मल्टिपल करेन्सी कार्ड’ प्रयोगमा ल्याएको छ ।

सेञ्चुरी बैंकले प्रयोगमा ल्याएको कार्डमा १६ देशमा मुद्रा चल्ने बैंकले जनाएको छ । नेपालीलाई बाहिर जान कागजी नोटको समस्या नपर्ने बैंकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

उक्त सहकार्यपछि एक्सिस बैंकका ३५ सय शाखाबाट पठाएको पैसा नेपालको सेञ्चुरी बैंकबाट झिक्न सकिन्छ । बैंकको ग्राहक संख्यामा बृद्धि भइ सर्वसाधारणलाई समेत सहज सेवा उपलब्ध गराउन बैंकले यो सेवा शुरु गरेको बैंकका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया