दक्षिण कोरियामा भूकम्प गयो


एजेन्सी

कात्तिक २९ । दक्षिण कोरियाको फोहांग क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको छ ।

बुधबार स्थानीय समय अनुसार दिउँसो २ बजेर २९ मिनेटमा गएको भूकम्प ५ दशमलव ५ म्याग्निच्युडको रहेको थियो ।

त्यसलगत्तै केही मिनेटमै पुनः ५ दशमलव ४ म्याग्निच्युडको परकम्प गएको कोरियाको मौसम विभागले जनाएको छ ।

फोहांग राजधानी सियोलभन्दा २७० किलोमिटर टाढा पर्छ । भूकम्पले कतिको क्षति पुर्याएको थाहा छैन । सरकारले क्षतिको बिस्तृत विवरण स्थानिय संयन्त्रहरुबाट लिने प्रयास गरिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया