स्वावलम्बन लघुवित्तको मुनाफामा ९ प्रतिशतले वृद्धि


आर्थिकन्यूज
स्वावलम्बन लघुवित्तको शेयर लिलामीमा, न्युनतम मूल्य १ हजार १ सय रुपैयाँ

काठमाडौं कातिक २९ । स्वावलम्बन लघुवित्त विकास बैक लिमिटेड (Swabalamban Laghubitta Bikas Bank Ltd) ले पहिलो त्रैमासमा खुद मुनाफामा ९ दशमलव ९२ प्रतिशतले वृद्धि गरी ७ करोड ७३ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ७ करोड ३ लाख रुपैयाँ मुनाफा रहेको थियो ।

बैंकले निक्षेपमा ४ अर्ब ६० करोड ४८ लाख रुपैयाँ पुगेको छ । जसबाट बैंकले कर्जामा २० दशमलव ६८ प्रतिशतले वृद्धि गरी ८ अर्ब २४ करोड ९२ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानीमा ६ दशमलव ११ प्रतिशतले घटेर २१ करोड ५९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १२ करोड १४ लाख रुपैयाँ पुर्याएको छ ।

बैंक (SLBL) को निष्कृर्य कर्जा शुन्य दशमलव ८८ प्रतिशत, जोखिम युत्त सम्पत्ति १२ दशमलव १२ प्रतिशत, प्रतिशेयर आम्दानी ७३ दशमलव ८१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २२ दशमलव १४ गुणा, प्रतिशेयर नेटवर्थ २ सय ९२ रुपैयाँ र तरलता अनुपात ३१ प्रतिशत रहेको छ ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया