प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको मुनाफा ३९ प्रतिशतले वृद्धि


आर्थिकन्यूज

काठमाडौं, कार्तिक २९ । निजि क्षेत्रको जीवन बीमा कम्पनी प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड (Prudential Insurance Co. Ltd.) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद मुनाफा २ करोड ५२ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिमा मुनाफा ३९ दशमलव २४ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको पहिलो त्रैमासमा कम्पनीले १ करोड ८१ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

४२ करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडाकोषमा १४ करोड ९६ लाख रुपैयाँ र बीमा कोषमा ३६ करोड ५० लाख रुपैयाँ राखेको छ । प्रुडेन्सियलको आम्दानी ३८ दशमलव ७० प्रतिशतले बढेर ४ करोड ३८ लाख रुपैयाँ पुगेको छ भने खर्च ३८ दशमलव ४६ प्रतिशतले बढेर १ करोड ८५ लाख रुपैयाँ पुगेको छ । कम्पनीले यस अबधिमा बीमा शुल्क (खुद) १२ करोड ६९ लाख रुपैयाँ आर्जन गरेको छ भने ८ करोड ५६ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी (खुद) गरेको छ ।

कम्पनी (PICL) को प्रति शेयर आम्दानी २३ दशमलब ६० रुपैयाँ, प्रति शेयर नेटवर्थ २ सय २० दशमलव ३६ रुपैयाँ र मुल्य आम्दानीको अनुपात ६१ दशमलब ४३ गुणा रहेको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया