जिम्बावेमा सञ्चारमाध्यम सैनिकको कब्जामा


काठमाडौं,कार्तिक २९ । जिम्बावेमा सेनाले त्यहाको शासन लिएको छ । सेनाले ९३ वर्षीय राष्ट्रपति रबर्ट मुगाबेलाई हिरासतमा लिएको बताएको छ । भने सञ्चार माध्यममा सेनाले आफ्नो कब्जामा लिएको छ । त्यहाको राष्ट्रिय प्रशारक जेडबीसी नियन्त्रणमा लिएको थियो ।

मुगाबे र उनको परिवार सुरक्षित रहेको स्पष्ट पार्दै चिफ अफ आर्मी स्टाफ जनरल एस बी मोयाले राष्ट्रपति नभएर उनका नजिक रहेका अपराधीहरु निसानामा रहेको बताएको बीबीसीले जनाएको छ ।

यसअघि उनले जिम्बावेमा सैनिक हस्तक्षेपको चेतावनी दिएका थिए । जिम्बावेको सेनाले देशको राजनीतिक कलह सुल्झाउन हस्तक्षेपको तयारी गरिरहेको बताएपछि त्यहाँको सत्तारुढ दलले देशका सेना प्रमुखले विद्रोहलाई बढावा दिएको आरोप लगाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया