सामुदायिक लघुवित्त वित्तीय संस्थाको मुनाफामा सामान्य वृद्धि


आर्थिकन्यूज

काठमाडौं, कार्तिक २९ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड (Samidayik Laghubitta Bittiya Sanstha Ltd.) ले चालु आर्थिक वर्ष २०७४/७५ को पहिलो त्रैमासमा खुद मुनाफा ४५ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिमा तुलनामा ४ दशमलव ८७ प्रतिशतले वृद्धि हो । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा ४३ लाख रुपैयाँ कमाएको थियो ।

७ करोड रुपैयाँ चुक्ता पुँजी भएको सामुदायिक लघुवित्तले जगेडाकोषमा २ करोड १ लाख रुपैयाँ छुटाएको छ । निक्षेपमा ३० दशमलव ३० प्रतिशतले वृद्धि गरी २१ करोड ५५ लाख रुपैयाँ संकलन गरेको छ । माइक्रोफाइनान्सले कर्जामा ६२ करोड ५५ लाख रुपैयाँ लगानी गरेको छ ।

यसको खुद व्याज आम्दानी १ करोड ५० लाख रुपैयाँ र संचालन मुनाफा ४५ लाख रुपैयाँ रहेको छ । यसले प्रोभिजनमा ९ लाख रुपैयाँ राखेको छ ।

सामुदायिक लघुवित्तको निष्कृय कर्जा १ दशमलव १७ प्रतिशत रहेको छ भने जोखिम युक्त सम्पत्ति ८ दशमलव ४५ प्रतिशत रहेको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया