मेट लाइफ इन्स्योरेन्सको कस्तो रहयो पहिलो त्रैमासमा प्रगति हेरौं


आर्थिकन्यूज

काठमाडौं, कार्तिक २९ । निजि क्षेत्रको जीवन बीमा मेट लाइफ इन्स्योरेन्स कम्पनी (Met life Insurance Company Ltd) ले आर्थिक वर्ष २०७४/७५ को पहिलो त्रैमासमा खुद मुनाफा ६ करोड २ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको तुलनाभन्दा ४ दशलमव ०२ प्रतिशतले बढेको हो । कम्पनीले अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा ५ करोड ७९ लाख रुपैयाँ कमाएको थियो ।

कम्पनीले जगेडाकोषमा ९५ करोड २८ लाख रुपैयाँ र बीमा कोषमा १३ अर्ब ६८ करोड ३८ लाख रुपैयाँ राखेको छ । बीमाको आम्दानी शुन्य दशमलव १७ प्रतिशतले बढेर ७ करोड ७४ लाख रुपैयाँ पुगेको छ भने खर्च १० दशमलव ५२ प्रतिशतले घटेर १ करोड ७१ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले यस अबधीमा बीमा शुल्क (खुद) ८४ करोड ६४ लाख रुपैयाँ आर्जन गरेको छ भने अघिल्लो वर्ष ७३ करोड ७ लाख रुपैयाँ रहेको थियो । त्यस्तै दाबी भुक्तानी (खुद) २९ करोड ६ लाख रुपैयाँ रहेको छ भने अघिल्लो वर्षको सोहि अवधिमा २६ करोड ६२ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीले हाल सम्म कुल बिमा शुल्क रकम ८६ करोड ८२ लाख रुपैयाँ आर्जन गरेको छ भने कुल दाबी भुक्तानी शुल्क रकम २९ करोड ६० लाख रुपैयाँ रहेको छ । कम्पनीको जारी बीमालेखको संख्या हाल सम्म ७ लाख ४९ हजार ८ सय ५६ वटा रहेको छ भने कुल दाबी भुक्तानी संख्यामा ७ सय ९२ वटा रहेको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया