कञ्चन डेभलपमेन्टको मुनाफामा प्रगति गर्दै, अन्य सूचक कस्तो हेरौं


आर्थिकन्यूज
कञ्चन-डेभलपमेण्ट-बैंक-लिमिटेड

काठमाडौं, कात्तिक २९ । ४४ करोड रुपैयाँ चुक्ता पूँजी भएको कञ्चन डेभलपमेन्ट बैंक लिमिटेड (Kanchan Development Bank Limited) ले चालु आर्थिक वर्ष २०७४/७५ को पहिलो त्रैमाशमा मुनाफ १ करोड रुपैयाँ कमाउन सफल भएको छ । जुन गत वर्षको सोहि अवधिको तुलनाभन्दा २३ दशमलव ६८ प्रतिशतले बढी हो । बैंकले गत वर्षको सोहि अवधिमा मुनाफा ८१ लाख रुपैयाँ कमाएको थियो ।

बैंकले खुद व्याज आम्दानीमा ५ दशमलव २८ प्रतिशतले बढेर ३ करोड ३ लाख रुपैयाँ र संचालन मुनाफा १९ दशमलव ७६ प्रतिशतले बढेर १ करोड ४५ लाख रुपैयाँ पुगेको छ । जसले कर्जामा २ अर्ब ६८ करोड ६१ लाख रुपैयाँ लगानी गरेको छ । बैंकले यस वर्ष जम्मा ३० लाख रुपैयाँ प्रोभिजनमा राखेको छ । बैंकले खुद व्याज आम्दानी र संचालन मुनाफाबाट नै खुद मुनाफा बढाएको हो ।

बैंक (KADBL) को जोखिम युक्त सम्पति १४ दशमलव ९५ प्रतिशत, निष्क्रिय कर्जा शुन्य दशमलव ७२ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक ८ दशमलव ९७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २५ दशमलव ५३ गुणा, प्रतिशेयर नेटवर्थ १ सय २६ दशमलव १५ रुपैयाँ र तरलता अनुपात २७ दशमल ४८ प्रतिशत रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया