आशा लघुवित्तको ३ करोडको आईपीओ आउने


आर्थिकन्यूज
आशा लघुवित्त

काठमाडौं, कात्तिक २९ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पूँजीको ३० प्रतिशतले हुन आउने रकम बराबरको आईपीओ निष्कासन गर्ने भएको हो ।
हाल १० करोड रुपैयाँ जारी पूँजी भएको कम्पनीले कुल जारी पुँजीको ३० प्रतिशत अर्थात ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ निष्कासन गर्न गर्ने भएको हो ।

कम्पनीले आगामी मंसिर २३ गते प्रथम वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभामा कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव लैजाने भएको छ । साधारणसभाले उक्त प्रस्ताव अनुमोदन गरेपश्चात कम्पनीले प्रक्रिया अगाडि बढाउने जानकारी दिएको छ ।

उक्त सभाले संस्थापक समूहको ४ जना सञ्चालकको निर्वाचन गर्ने भएको छ । संस्थाको केन्द्रीय कार्यलय नुवाकोटको मदानपुरमा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया