स्वावलम्बन लघुवित्तको शेयर लिलामीमा, न्युनतम मूल्य १ हजार १ सय रुपैयाँ


आर्थिकन्यूज
स्वावलम्बन लघुवित्तको शेयर लिलामीमा, न्युनतम मूल्य १ हजार १ सय रुपैयाँ

काठमाडौं, कात्तिक २९ । स्वावलम्बन लघुवित्त विकास बैंकले संस्थापक शेयर लिलामीमा बिक्री गर्ने भएको छ ।

कम्पनीले समूह क अन्र्तगत गोकुल प्याकुरेलको संस्थापक शेयर लिलामीका जारी गरेको हो । प्याकुरेलले आफनो नाममा रहेको संस्थापक शेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले शेयर बिक्रीको लिलामी सूचना प्रकाशित गरेको हो ।

उनको नाममा रहेको ३ हजार कित्ता संस्थापक शेयर बिक्री हुने भएको छ । उक्त शेयरको प्रति कित्ता न्युनतम मूल्य १ हजार १ सय रुपैयाँ तोकिएको छ । कम्पनीले सूचना प्रकशित भएको ३५ दिनभित्र प्रस्ताव पेश गर्न भनेको छ । कम्पनीको लिलामीमा केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंबाट आवेदन दिन सकिनेछ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया