लाईफ इन्स्योरेन्स कर्पोरेशनले अत्याधिक प्रगति गर्दै कमायो ३ करोडमाथि


आर्थिकन्यूज
लाईफ-इन्स्योरेन्स

काठमाडौं, कातिक २९ । १ अर्ब ३३ करोड ४६ लाख रुपैयाँ चुक्ता पुँजी भएको निजि क्षेत्रको जीवन बीमा कम्पनी लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (Life Insurance Corporation (Nepal) Ltd.) ले चालु आर्थिक वर्ष २०७४/७५ को पहिलो त्रैमासमा खुद मुनाफामा ३ करोड ७३ लाख रुपैयाँ कमाएको छ, जुन गतवर्षको सोहि अवधिको तुलनाभन्दा ३३५ दशमलव ५२ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहि अवधिमा नाफा ८५ लाख रुपैयाँ कमाउन सफल भएको थियो ।

कम्पनीले जगेडा तथा कोषमा ३० करोेड ५० लाख रुपैयाँ र जीवन बीमाकोषमा ३६ अर्ब ३८ करोड ३९ लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानीमा २२१ दशमलव ७३ प्रतिशतले बढेर ७ करोड ४९ लाख रुपैयाँ पुगेको छ भने खर्चमा १६४ दशमलव २८ प्रतिशतले बढेर ३ करोड ७६ लाख रुपैयाँ पुगेको ।

कम्पनीले यस अबधीमा बीमा शुल्क (खुद) २ अर्ब २१ करोड ७८ लाख रुपैयाँ आर्जन गरेको छ भने अघिल्लो वर्ष १ अर्ब ७७ करोड २८ लाख रुपैयाँ रहेको थियो । त्यस्तै दाबी भुक्तानी (खुद) ४६ करोड ८५ लाख रुपैयाँ रहेको छ भने अघिल्लो वर्षको सोहि अवधिमा २५ करोड ४१ लाख रुपैयाँ रहेको थियो ।

लाईफ इन्स्योरेन्स कपोरेशन कम्पनीको कुल बीमाशुल्क आर्जन रकम २ अर्ब २३ करोड ५५ लाख रुपैयाँ र कुल दाबी भुक्तानी ४९ करोड रुपैयाँ रहेको छ ।

कम्पनी (LIC) को प्रतिशेयर आम्दानी ३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ७ सय ४८ गुणा र प्रतिशेयर नेटवर्थ १ सय २९ दशमलव ७१ रुपैयाँ रहेको छ ।

 

 

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया