नेपाल कम्यूनिटीको १२० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन


आर्थिकन्यूज
नेपाल कम्यूनिटीको १२० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, कात्तिक २९ । नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक (Nepal Community Development Bank Ltd.) को १ बराबर १.२ को अनुपातमा अर्थात १२० प्रतिशत हकप्रद सुरक्षित गर्ने अन्तिम दिन हो ।

बैंकले १०० रुपैयाँ अंकित मूल्यमा २६ करोड ४३ लाख ५३ हजार ८८० रुपैयाँको २६ लाख ४३ हजार ५३८.८० कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल लिमिटेड रहेको छ ।

हकप्रद शेयरमा असोज १७ गतेसम्म कायम लगानीकर्ताहरुले असोज २६ देखि कात्तिक २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कहाँ-कहाँबाट दिन सकिन्छ आवेदन ?

बैंकको हकप्रदमा बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल लिमिटेड, नेपाल इन्भेष्टमेन्ट बैंकको पोखरास्थित चिप्लेढुंगा शाखा, विराटनगर, बीरगञ्ज, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट आवेदन दिन सकिनेछ । त्यस्तै नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लिमिटेडका बुटवल ८, रुपन्देही शाखा कार्यालयहरु सौ फर्सा्िटकर, मणिग्राम, सिद्धार्थनगर, टाँडी, भुताहा, अरुणखोला, रानिगिया, शंकरनगर लगायत एक्सटेन्सन काउन्टर बुद्धचोकबाट आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइबिएल क्यापिटलले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया