प्युठानको जुम्रीमा एनआईसीको नयाँ शाखा


आर्थिकन्यूज

 

काठमाडौं, कार्तिक २९ । एन आई सी एशिया बैंकको नयाँ शाखा प्युठान जुम्री सञ्चालनमा ल्याएको छ । उक्त जुम्री शाखाको मंगलबार प्युठान उद्योग बाणिज्य सघंका अध्यक्ष ज्ञ्यामुराम न्यौपानेबाट उद्घाटन गरेका थिए ।

शाखा सञ्जाल, एटिएम संख्या, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक हो ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया