ओप्पो खरिद गर्नेलाई नेपाल आइडल विजेताको हस्ताक्षर


आर्थिकन्यूज

काठमाडौं, कार्तिक २९ । ओप्पोको आफ्नो नयाँ उत्पादन नयाँ सेल्फी एक्स्पर्ट एफ फाइभ नेपाली बजारमा (Oppo F5) मंगलवार सार्वजनिक गरेको छ ।कम्पनीले नेपाल आइडलका उत्कृष्ट तीनको समेत सहभागितासहित एक कार्यक्रमका बीच नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो ।

नेपाली बजारमा नयाँ फोन कात्तिक २९ गतेदेखि बजारमा उपलब्ध गराएको जनाएको छ । त्यसैगरि बुधबार न्युरोड स्थित ओप्पोको शो रुमबाट सेल्फी एक्स्पर्ट एफ फाइभ खरिद गर्न चाहनेलाई नेपाल आइडलका तीन जना बुद्ध लामा, निशान्त भटट्राई र प्रताप दासले हस्ताक्षर गरेको मोबाइल सेट पाइने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले यो फोनको मूल्य ३३ हजार ९ सय ९० रुपैयाँ राखिएको छ । भारतीय बजारमा ४ जीबीको र्याम र ६४ जीबी स्टोरेज भएको फोनको मूल्य भारु १९ हजार ९९० अर्थात ३१ हजार ९८४ रुपैयाँ तोकिएको छ । ३२ जीबी रोम सहित ओप्पोको कलर ओएस ३.२ सञ्चालन प्रणाली रहेको कम्पनीले बताएको छ ।

यसमा ३ हजार २ सय वटा एमएएच व्याट्रि जडान गरिएका छन् ।यसले गर्दा क्यामेराको उपकरण चलिरहेको बेलामा एप्सको व्यबस्थापन गरि निरन्तर १२ घण्टासम्म सहज रुपमा फोन चलाउन सकिने सुविधा रहेको छ ।
फोनमा व्लूटुथका तुलनामा १ सय गुण तिव्र गति सहितको ओ शेयर फाइल सेयरिङ प्रविधि उपलब्ध रहेको छ । यसको सहयताले ३एमबी क्षमताका ८ देखि १० वटासम्म तस्विर एकै सकेन्डमा पठाउन सकिने प्रविधि रहेको कम्पनीको दावी रहेको छ ।

यसमा सेल्फीप्रेमीलाई विशेष ध्यानमा राखि उद्योगकै पहिलो आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) प्रविधि उपलब्ध रहेको ओप्पोका प्रडक्ट म्यानेजर जिथिन अब्राहमले जानकारी दिए । नेपालमा उपस्थित फोन ब्राण्ड मध्ये पहिलो पटक ओपोले यस फोन मार्फत सेल्फीका लागि फ्रन्ट क्यामेरामा आटिफिसियल ईन्टेलिजेन्सी प्रविधि समाहित रहेको प्रडक्ट म्यानेजर जिथिन अब्राहमको दावी रहेकोे छ । नयाँ सेल्फी एक्स्पर्टमा अत्याधुनिक एआई ब्यूटी प्रविधि उपलब्ध छ । यसले वैश्विक फोटो डाटाबेस मार्फत आर्टिफिसियल ईन्टेलिजेन्सीको प्रयोग गर्दै सेल्फीलाई अझ आकर्षक बनाउन सघाउने उनको दावी छ ।

त्यस्तैगरि, सार्वजनिक भएको नयाँ फोन ओप्पोकै पहिलो फुल स्क्रिन एफएचडी डिस्प्ले मोडल हो । यसले फोनको आकार ठूलो नबनाइकनै जीवन्त तथा उत्कृष्ट दृष्यानुभुति दिन्छ । उच्च रिजोल्यूशन क्षमता सहितको स्क्रिनले उपभोक्तालाई जीवन्त दृष्यानुभुति प्रदान गर्ने ओप्पोका ब्राण्ड डाइरेक्टर केभिन वोको भनाई छ ।

यो स्मार्टफोन तीनवटा संस्करणमा आउने बताईएको छ । जसमा एफ ५, एफ ५ ६जीबी र एफ ५ यूथ हुनेछ ।
यसको आधारभूत संस्करणमा ४ जीबीको र्याम र ६४ जीबीको आन्तरिक स्टोरेज हुनेछ भने अर्कोमा ६ जीबीको र्याम र ६४ जीबीको स्टोरेज छ । यसमा फोटोको लागि २० मेगापिक्सेलको फ्रन्ट क्यामरा छ भने १६ मेगापिक्सेलको रियर क्यामरा छ । यो फोन गोल्ड र ब्ल्याक कलर अप्सनमा आउने छ ।

सेल्फी एक्स्पर्ट एफ फाइभको सार्वजनिक कार्यक्रमा ओप्पोले नेपालमा नेपाल आइडल,बुगी उगी र नेपाल ट्यालेन्ट शोको प्रयोजन गरको ओप्पो नेपालका ब्राण्ड डाइरेक्टर केभिन ओले जानकारी दिएका थिए । कार्यक्रममा बुगी उगी कार्यक्रमका जजका रुपमा रहने नायक दिलिप रायमाझी र नायिका प्रियांका कार्कीको समेत उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया