दक्षिण एसियाली आर्थिक सम्मेलन शुरु


आर्थिकन्यूज

काठमाडौं, कार्तिक २९ । दशौँ दक्षिण एसियाली आर्थिक सम्मेलन मंगलबारदेखि काठमाडौंमा शुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दक्षिण एसिया क्षेत्रको आर्थिक, सामाजिक विकासमा सम्मेलनले महत्वपूर्ण योगदान दिने व्यक्त गरे ।

राष्ट्रिय योजना आयोग, वाणिज्य मन्त्रालय र स्वापीको संयुक्त आयोजनामा शुरु भएको सम्मेलनमा दक्षिण एसियाली देशका २०० प्रतिनिधिको सहभातिा रहेको आयोजकले जनाएको छ । बाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले दक्षिण एसियाली राष्ट्रहमा रहेको गरिबीसँग जुध्न एक भए लाग्नु पर्ने बताए ।

बिहीबारसम्म चल्ने सम्मेलनले विज्ञहरुबाट समूहगत रुपमा छलफल गरी दक्षिण एसिया क्षेत्रको विकासका लागि ठोस योजना बनाउने बताइएको छ । सम्मेलनमा भूटानका अर्थमन्त्री ल्योन्पो लेकी दोर्जे , माल्दिभ्सका अर्थविकास राज्यमन्त्री अब्दुल लाथिप अहमद, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णीम वाग्ले र स्वापीका अध्यक्ष डा पोषराज पाण्डेले यस क्षेत्रका पूर्वाधार, यातायात लगायत समग्र विकासमा सम्मेलनले महत्वपुर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

नदिने सम्मेलनमा अन्तर क्षेत्रीय व्यापार सम्भावनाको खोजी, दिगो विकासका लक्ष्य, समावेशी विकास, मौसम परिवर्तन, अन्तरक्षेत्रीय लगानी, प्रकोप जोखिम न्यूनीकरणजस्ता १८ विषयमा गहन छलफल हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया