बकार्डीद्धारा हाउस पार्टी आयोजना


आर्थिकन्यूज

काठमाडौं, कात्तिक २८ । बकार्डीले यहि बुधबार भिनी भिचीको सहकार्यमा मल्ल होटल, काठमाडौंमा बकार्डी हाउस पार्टी आयोजना गर्न लागेको छ । भिनी भिची विगत एक दशक भन्दा बढि समयदेखि इलेक्ट्रोनिक्स संगीत उत्पादन गर्दै आएका चिरपरिचित अभिराम शहाराई र मतन कादोशको नयाँ प्रोजेक्ट हो । यो हाउस पार्टीले इलेक्ट्रोनिक्स गीत संगीत मनपराउनेहरुका लागि लक्षित गरिएको छ जो लोकप्रिय बकार्डी ड्रिंक्स तथा ककटेलका साथमा झुम्न चाहन्छन् । हाउस पार्टी ठिक ५ बजेदेखि शुरु हुनेछ ।

कलाकारहरु बिपीएम, बिकेनट, पुनित, पिप्स, फिन्जोक र र्याबिटले पार्टीमा विशेष संगीताका साथमा आफ्नो कलाकारिता प्रदर्शन गर्नेछन् । यो पार्टीको प्रि–सेल टिकट रु.२,००० मा उपलब्ध थियो । यसको टिकट इभो स्टोर (शेर्पा मल),इभो स्टोर(लबिम मल), बेटा हाउस(ठमेल), मोनुमेन्टर पाराडाइज (झोँछे) मा उपलब्ध छ । साथै अनलाइन मार्फत पनि टिकट बुक गर्न सकिनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया