बिना धितो कर्जा प्रवाह गर्न माछापुच्छ्रे रे र हेफरबीच सम्झौता


आर्थिकन्यूज

काठमाडौं, कात्तिक २८ । माछापुच्छ्रे बैंकले दाङ्गका कृषि तथा महिला उद्यमीलाई बिना धितो कर्जा प्रवाह गर्न बैंकले हेफर इन्टरनेसनल नेपालसँग सम्झौता गरेको छ ।

विपन्न बर्गमा कर्जा प्रवाह गर्ने सम्बन्धमा साना किसान, युवा स्वरोजगार, महिला उद्यम जस्ता क्षेत्रहरुमा लगानी गर्ने नीति अनुरुप यूकेएडद्वारा संचालित सक्षम एक्सेस् टु फाईनान्स् परियोजनासंग सहकार्य गरिरहेकोमा बैंकले हेफरसँग सम्झौता गरेको हो ।

उक्त सम्झौतापछि बैंकले हेफर इन्टरनेसनल नेपालको सहकार्यमा लमही दाङ्गका चारवटा विभिन्न सहकारी संस्था मार्फत कर्जा प्रदान गर्ने छ । विपन्न परिवारलाई स्वरोजगार बनाउने उद्देश्यले संचालन हुने उक्त कार्यक्रमले कृषक तथा महिलाहरुको जीवनस्तरमा उल्लेख्य सुधार ल्याउने विश्वास बैंकले लिएको छ ।

बैकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ७ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ७३ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया