सिजी मोबाइलको नयाँ मोडल आस्ट्रो टी १८ बजारमा


आर्थिकन्यूज

काठमाडौं, कात्तिक २८ । सिजी मोबाइलले फिचर फोन बिधामा नयाँ मोडल आस्ट्रो टी १८ बजारमा ल्याएको छ ।

आस्ट्रो टी १८ मोबाइलमा १ दशमलव ८ स्क्रिन, डिजिटल क्यामेरा, एफएम टर्च लाइट, जीपीआरएस एमपीथ्री एपपीफोर तथा हजार एमएचए ब्याट्री रहेको छ । यसमा ८ जीबी मेमोरी थप्न सकिने कम्पनीले जनाएको छ ।

यो मोबाइलको थप विशेÈता भनेको यसको छेउबाट नै टर्च बाल्न र निभाउनको लागि एउटा छुट्टै बटन रहेको छ । यस मोडलको बजार मूल्य १ हजार ९९ रुपैंयाँ रहेको तीन रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । नयाँ मोडलमा सय दिनको सटही नीति लिएको कम्पनीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया