नेपालले फिलिपिन्सलाई गोलरहित बराबरीमा रोक्यो, अनिल गुरुङको सन्यास


आर्थिकन्यूज

काठमाडौं, कात्तिक २८ । नेपाल र फिलिपिन्सबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । मंगलबार सातदोबाटोस्थित एन्फा मैदानमा सम्पन्न एएफसी एसियन कप छनोट चरण अन्तर्गतको खेलमा दुबै टोलीले गोल गर्ने अवसर पाए पनि जाली चुमाउन भने सकेनन् ।

नेपाल तथा फिलिपिन्सले गरेको दुई–दुई प्रहार गोलकिपरले बिफल बनाएका थिए ।

गत चैतम घरेलु मैदानमा सम्पन्न खेलमा फिलिपिन्सले नेपाललाई ४–१ गोलले हराए पनि मंगलबारको खेलमा फिलिपिन्सलाई गोलरहित बराबरीमा रोक्न सकेको थियो ।

आजको खेलमा डिफेन्डर रोहित चन्दको प्रदर्शन उत्कृष्ट रहेको थियो ।

यसैबिच अनिल गुरुङले अन्तराष्ट्रिय खेलबाट सन्यास लिएका छन् । १० वर्ष नेपाली फुटबलमा बिताएका अनिल गुरुङले ५० खेल पुरा गर्दै सन्यास लिएका हुन् । उनी खेलको ८१ औं मिनेटमा सुजल श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया