नेप्सेमा लगातारको वृद्धि, सबै परिसुचकमा हरियाली छाउँदा ७५ करोडको किनबेच


आर्थिकन्यूज
नेप्से

काठमाडौं, कार्तिक २८ । साताको सुरुवातदेखि नै उकालो लागेको शेयर बजार परिसुचक लगातार तेस्रो दिन पनि बढेको छ । नेप्से परिसुचकसँगै मंगलबार शेयर कारोबार रकममा समेत वृद्धि भएको छ ।

मंगलबार नेप्से परिसुचक २५ दशमलव १४ अंकले बढेर एक हजार ५ सय १६ दशमलव ०२ अंकको बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

लगातार बजार दोहोरो अंकले बढ्न थालेपछि शेयर खरिदबिक्रीको क्रम पनि बढेको छ । मंगलबार नेप्सेमा १६५ कम्पनीको ७५ करोड ११ लाख ६७ हजार एक रुपैयाँको शेयर किनबेच भएको छ । सोमबार ७१ करोड ४६ बराबरको शेयर किनबेच भएको थियो ।

मंगलबार कारोबारमा आएका दशै समूह सकारात्मक रहेका छन् । जसमध्ये बीमा समूह सबैभन्दा बढी ११२ दशमलव ७३ अंकले बढेको छ । त्यस्तै लघुवित्त समूह ५८ दशमलव ८५ अंकले, उत्पादन तथा प्रशोधन समूह ५६ दशमलव ७३ अंकले, जलविद्युत समूह ५५ दशमलव ३७ अंकले, विकास बैंक समूह २७ दशमलव ९५ अंकले, बैंकिङ २१ दशमलव ६१ अंकले, होटल समूह १० दशमलव ७५ अंकले, अन्य ६ दशमलव ९४ अंकले र ट्रेडिङ समूह शुन्य दशमलव ८५ अंकले बढेका छन् ।

आज सबैभन्दा बढी चिलिमे हाइड्रोपावको शेयर किनबेच भएको छ । यो कम्पनीको ६ करोड रुपैयाँको शेयर किनबेच भएको हो । त्यस्तै प्रभु बैंकको संस्थापक शेयर पनि ३ करोड ४७ लाख रुपैयाँको शेयर किनबेच भएको हो ।

यसदिन सर्वाधिक कमाउनेमा विजय लघुवित्तका लगानीकर्ता रहेका छन् । यो कम्पनीको शेयर मूल्य ९ दशमलव ८३ प्रतिशतले बढेको छ । त्यस्तै कर्णाली विकास बैंकका लगानीकर्ता ९ दशमलव ६८ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा बढी गुमाउनेमा भने सगरमाथा इन्स्योरेन्सका शेयरधनी रहेका छन् । यो कम्पनीको शेयरको मूल्य ५ दशमलव ९७ प्रतिशतले घटेको छ । बजार २५ अंकले वृद्धि हुँदा १५ कम्पनीका लगानीकर्ताले गुमाएका छन्, भने १५० कम्पनीका शेयरधनीले कमाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया