रेनल्टको ‘ग्याङ अफ डस्टर’ काठमाडौंमा


आर्थिकन्यूज

काठमाडौं, कार्तिक २८ । रेनल्ट गाडीको नेपालको आधिकारिक वितरक एडभान्स अटोमोबाइलस आफ्नो ब्राण्ड प्रवद्र्धनका लागि शुरु गरेको ग्याङ अफ डस्टर यात्रा काठमाडौं आइपुगेको छ । भारतको गोरखपुरहुँदै सुरु भएको उक्त यात्रा गर्ने ‘ग्याङ’ काठमाडौं आइपुगेको हो ।

यो ‘ग्याङ’ चितवन,पोखरा र लुम्बिनी हुँदै भारतको लखनउसम्मको यात्रा पुरा गरेर राजधानी काठमाडौं आइपुगेको हो । एडभान्स अटोमोबाइलसका प्रवन्ध निर्देशक निकुञ्ज अग्रवालले भारतका विभिन्न स्थानबाट आएका ‘ग्याङ अफ डस्टर’ ग्याङको सदस्य नेपाल आएको बताए ।

कम्पनीका अनुसार यो समूहमा अहिलेसम्म एक लाख भन्दा बढी सदस्य भइसकेका छन् । प्रवन्ध निर्देशक अग्रवालले अभियानले मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेपालमा डस्टरको बजार विस्तार गर्न सघाउने जानकारी दिए । १ हजार ४ सय किलोमिटरको ९ दिने अन्तर्राष्ट्रिय यात्रामा २४ जना डस्टर किनेका सदस्य सहभागी रहेका छन् ।

NMB Bank Saral Bachat Khata

फेसबुकबाट तपाईको प्रतिक्रिया