एनसीसी बैंकको मुनाफामा २७ प्रतिशतले वद्धि, नाफा १६ करोडमाथि


आर्थिकन्यूज
नेपाल क्रेडिट

काठमाडौं, कातिक २८ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (Nepal Credit And Commercial Bank Limited) ले चालु आर्थिक वर्ष २०७४/७५ को पहिलो त्रैमासमा खुद मुनाफा २७ दशमलव ५५ प्रतिशतले वृद्धि गरी १६ करोड ४५ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले मुनाफा १२ करोड ९० लाख रुपैयाँ कमाएको थियो ।

४ अर्ब ६७ करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा २ अर्ब ७२ करोड ४६ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेप ६१ अर्ब ३८ करोड १२ लाख रुपैयाँ संकलन गरी कर्जामा ४८ अर्ब ८७ करोड ६१ लाख रुपैयाँ प्रवाह गरेको छ, जुन गत वर्षको तुलनभन्दा ९२ प्रतिशतले वृद्धि गरेको हो ।

बैंकको खुद ब्याज आम्दानीमा १२ दशमलव ३९ प्रतिशतले घटेर २१ करोड २९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ९२ दशमलव ९४ प्रतिशतले घटेर १ करोड २५ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा ३ करोड ५७ लाख रुपैयाँ राखेको छ भने २३ करोड १४ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।

बैंकको प्रति शेयर आम्दानी १४ दशमलव ०७ रुपैयाँ, प्रति शेयर नेटवर्थ १ सय ५८ दशमलव २३ रुपैयाँ, तरलता अनुपात २८ दशमलव ८५ प्रतिशत र मूल्य आम्दानी अनुपात २७ दशमलव २२ गुणा रहेको छ ।

बैंक (NCC) को निस्क्रिय कर्जा ४ दशमलव २९ प्रतिशतले रहेको छ भने जोखिम युत्त सम्पतिमा ११ दशमलव ६८ प्रतिशत रहेको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया