बाढीले कहाँ कति क्षति पुर्यायो ?


आर्थिकन्यूज
बाढीबाट अति प्रभावित १८ जिल्लामा मृतक, घाइते र प्रभावित जनसंख्या

काठमाडौं, कात्तिक २८ । गत अगस्ट ११–१४ तारिखसम्म भीषण वर्षापछि नेपालमा गएको बाढीपहिरोले ३५ जिल्ला प्रभावित बनाएको थियो । उक्त बाढीले देशको २० प्रतिशत जनसंख्या प्रभावित बनाएको राष्ट्रिय योजना आयोगको तथ्यांकमा उल्लेख छ ।

जल तथा मौसम विभागले यो वर्ष अहिलेसम्मकै धेरै वर्षा भएको अभिलेख राखेको छ । नेपालमा १२०० मिलिमिटर वर्षा सामान्य र १८०० मिलिमिटर वर्षा हालसम्मको औसत रहेको छ । तर, सेप्टेम्बर ११, २०१७ सम्ममा यो वर्ष देशमा २१०० मिलिमिटर वर्षा भयो । जसमध्ये दाङमा १२ र १३ अगस्टमा १६७।४ मिलिमिटर र पर्सामा १७३।२ मिलिमिटर वर्षा भयो । गृह मन्त्रालयका अनुसार यो वर्ष धेरै जिल्लामा विगत ६० वर्षयताकै धेरै वर्षा भयो र तराई क्षेत्रको ८० प्रतिशतभन्दा धेरै भूभाग डुबानमा प¥यो ।

३५ जिल्लामध्ये १८ जिल्ला अधिक प्रभावित भए । एक लाख ९० हजारभन्दा धेरै घर पूर्ण वा आंशिक क्षति भए भने ठूलो जनसंख्या विस्थापित र अन्य घरवारविहीन बने ।

सन् २००१ र २००८ को बाढीमा जतिबेला १६७३ जनाको ज्यान गएको थियो । यसको तुलनामा यो वर्ष मृतक र घाइतेको संख्या भने कम रह्यो । यो वर्ष अतिप्रभावित १८ जिल्लामा मृतकको संख्या ९० पुरुष र ४४ महिला गरी १३४ थियो । मृतकको संख्या सबैभन्दा धेरै हुने जिल्लामा रौतहट, मोरङ, झापा र सर्लाही रहे । यो वर्ष बाढीका कारण घाइते हुनेको संख्या केबल २२ रह्यो । सन् २०१७ को बाढीले अति प्रभावित १८ जिल्लामा आठ लाख ६६ हजार ९९३ पुरुष र आठ लाख २१ हजार ४८० महिला गरी १७ लाख जनसंख्या प्रभावित भए ।

बाढीले मानव विकासमा पु¥याएको असर
बाढीका कारण कुल ६१ अर्ब ८४ करोड ४८ लाख रुपैया“ (५९५.५ मिलियन अमेरिकी डलर) बराबरको क्षति पुगेको छ । यो कूल गार्हस्थ उत्पादनको करिब ३ प्रतिशत हो । सबैभन्दा बढी क्षति आवास तथा अन्नबालीमा भएको छ ।
क्षतिको मूल्य विचार गर्दा यो क्षतिले राष्ट्रिय अर्थतन्त्रमा सामान्य प्रभाव पार्ने देखिन्छ । किन भने धेरैजसो क्षति घरमा राखिएका सामग्री तथा गाईवस्तुको भएको छ । क्षतिपूर्ति हुनका लागि दुईदेखि तीन वर्ष लाग्ने देखिन्छ भने पुनःस्थापनाको मूल्य खासै महँगो पर्ने देखिँदैन ।

विपद्ले पारेका प्रभाव

पुनःस्थापना आवश्यकता

फेसबुकबाट तपाईको प्रतिक्रिया