नेपाल हाइड्रोको आईपीओले कति पायो रेञ्ज ?


आर्थिकन्यूज
नेपाल हाइड्रो

काठमाडौं, कात्तिक २८ । नेपाल हाइड्रो डेभलपरले पहिलो कारोबारका लागि ८९ रुपैयाँदेखि २६७ रुपैयाँ सम्मको रेञ्ज पाएको छ । नेप्सेले कम्पनीको आईपीओलाई पहिलो कारोबारको लागि यो मूल्य रेञ्ज दिएको हो ।

कम्पनीको २६ लाख कित्ता आइपीओ कात्तिक २० गते नेप्सेमा सूचिकृत भएको थियो । कम्पनीको शेयर नेप्सेमा NHDL सिम्बोलबाट कारोबार हुनेछ ।

कम्पनीले यही साउन २७ गतेदेखि साउन ३२ गतेसम्म सय रुपैयाँ अंकित मूल्यमा ३ करोड ९० लाख रुपैयाँ बराबरको ३ लाख ९० हजार कित्ता प्राथमिक शेयर निष्काशन गरेको थियो । एनएमबी क्यापिटल बिक्री प्रबन्धक रहेको यस कम्पनीको आईपीओमा एक लाख ७१ हजार ५९२ जनाको आवेदन स्वीकृत भएको थियो । जसमध्ये ६ हजार २७० जना आवेदकले १० कित्ता शेयर प्राप्त गरेका थिए ।

६ दशमलव ८ मेगावाटको तल्लो चर्नावती जलविद्युत् आयोजनाको निर्माण गर्न लागेको कम्पनीले यसअघि ३ दशमलव ५२ मेगावाटको चर्नावती जलविद्युत् आयोजना निर्माण गरिसकेको छ । यस कम्पनीलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभूत पक्ष औसत रहेको देखिन्छ । यसअघि सञ्चालनमा रहेको पहिलो आयोजनाको आधारमा यस्तो रेटिङ प्रदान गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया