पार्टीमा जाने हो ? मल्ल होटल जानुहोस्


आर्थिकन्यूज

काठमाडौं,कार्तिक २८ । बकार्डीले यहि बुधबार भिनी भिचीको सहकार्यमा मल्ल होटल, काठमाडौंमा बकार्डी हाउस पार्टी आयोजना गर्न लागेको छ ।भिनी भिची विगत एक दशकभन्दा बढी समयदेखि इलेक्ट्रोनिक्स संगीत उत्पादन गर्दै आएका चिरपरिचित अभिराम शहाराई र मतन कादोशको नयाँ प्रोजेक्ट हो ।

यो हाउस पार्टीले इलेक्ट्रोनिक्स गीत संगीत मनपराउनेहरुका लागि लक्षित गरिएको छ जो लोकप्रिय बकार्डी ड्रिंक्स तथा ककटेलका साथमा झुम्न चाहन्छन् । हाउस पार्टी ठिक ५ बजेदेखि शुरु हुनेछ ।

कलाकारहरु बिपीएम, बिकेनट, पुनित, पिप्स, फिन्जोक र र्याबिटले पार्टीमा विशेष संगीताका साथमा आफ्नो कलाकारिता प्रदर्शन गर्नेछन् । यो पार्टीको प्रि–सेल टिकट रु.२,०००/–मा उपलब्ध छ । यसको टिकट इभो स्टोर (शेर्पा मल),इभो स्टोर(लबिम मल), बेटा हाउस(ठमेल), मोनुमेन्टर पाराडाइज (झोँछे) मा उपलब्ध छ भने तपाईँले अनलाइन मार्फत पनि टिकट बुक गर्न सक्नुहुनेछ । www.tktmonkeys.com

फेसबुकबाट तपाईको प्रतिक्रिया