साना किसान बैंकको मुनाफामा ३ प्रतिशतले वृद्धि, इपिस ६५ रुपैयाँ


आर्थिकन्यूज

काठमाडौं, कातिक २८ । साना किसान विकास बैंक लिमिटेड (Sana Kisan Bikas Bank Ltd) ले आर्थिक वर्ष २०७४/७५ को पहिलो त्रैमासमा खुद मुनाफा ३ दशमलव ६४ प्रतिशतले वृद्धि गरी ८ करोड २० लाख रुपैयाँ कमाउन सफल भएको छ । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले मुनाफा ७ करोड ९१ लाख रुपैयाँ आर्जन गरेको थियो ।

५० करोड ३० लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा १ अर्ब १९ करोड ३१ लाख रुपैयाँ राखेको छ । बैंकले कर्जामा २८ दशमलव ५९ प्रतिशतले बढेर १४ अर्ब ४९ करोड ७५ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानीमा १० दशमलव ८८ प्रतिशतले बढेर १६ करोड ३३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै गरी सञ्चालन मुनाफामा ३ दशमलव २२ प्रतिशतले बढेर १२ करोड ८८ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा १ करोड ३५ लाख रुपैयाँ राखेको छ ।

बैंक (SKBBL) को प्रतिशेयर आम्दानी ६५ दशमलव २२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २३ दशमलव ९२ गुणा, प्रतिशेयर नेटवर्थ ३ सय ३७ दशमलव १७ रुपैयाँ र तरलता अनुपात ९ दशमलव ६७ प्रतिशत रहेको छ । बैंकको निस्कृय कर्जा शुन्य दशमलव १२ प्रतिशत रहेको छ भने जोखिम युत्त सम्पत्ति १० दशमलव ६० प्रतिशत रहेको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया