युनिलिभरको मुनाफामा ७७ प्रतिशतले वृद्धि, कमायो ३० करोडमाथि


आर्थिकन्यूज

काठमाडौं, कार्तिक २८ । युनिलिभर नेपाल लिमिटेड (Unilever Nepal Limited) ले चालु आर्थिक वर्ष २०७४/७५ को पहिलो त्रैमासमा मुनाफा ३० करोड १७ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको तुलनाभन्दा ७७ दशमलव २६ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा १७ करोड २ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

९ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको युनिलिभरले जगेडाकोषमा १ अर्ब ९ करोड २८ लाख रुपैयाँ राखेको छ । कम्पनीको कुल सम्पत्तिमा २५ प्रतिशतले बढेर ३ अर्ब ५६ करोड ७० लाख रुपैयाँ पुगेको छ । कम्पनीले विक्रीमा ९४ दशमलव ५३ प्रतिशतले बढेर १ अर्ब २५ करोड २२ लाख रुपैयाँ गरेको छ ।

युनिलिभर नेपाल लिमिटेड (UNL) को पहिलो त्रैमासमा प्रति शेयर आम्दानी ३ सय २८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २५ दशमलव २१ गुणा, प्रति शेयर नेटवर्थ १ हजार २ सय १० रुपैयाँ र तरलता अनुपातको १ दशमलब २५ प्रतिशत रहेको छ ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया