चुनावमा प्रदेश राजधानी मुख्य मुद्दा


आर्थिकन्यूज

 

काठमाडौं, कार्तिक २८ । सुदूरपश्चिमको मध्यभागमा पर्ने डोटीस्थित क्षेत्रीय सदरमुकाम दिपायललाई ७ नम्बर प्रदेशको राजधानी बनाउने विषय यस जिल्लाको प्रमुख र साझा चुनावी मुद्दा बनेको छ ।

सिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कांग्रेस तथा वाम गठबन्धन दुवै पक्षका उम्मेदवारले दिपायललाई प्रदेशको राजधानी बनाएरै छाड्ने एजेन्डा अघि सारेका हुन् । यति गर्न नसके प्रतिनिधिसभा र प्रदेशसभाबाटै राजीनामा दिने उद्घोषसमेत उम्मेदवारहरूले गरिरहेका छन् ।

कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले राजधानी बन्न दिपायलमा आवश्यक सबै भौतिक पूर्वाधार रहेको र प्रदेशसभा बैठक चलाउन मिल्ने सभागृहसमेत निर्माण भइरहेको बताको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

जिल्लाको आर्थिक समृद्धिका लागि ७ सय ५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना निर्माणलाई कांग्रेस र वाम गठबन्धनले दोस्रो ठूलो चुनावी मुद्दा बनाइरहेका छन् । बझाङ, डोटी र डडेलधुराको संगममा पर्ने आयोजना चर्चामा आएको ३० वर्षमा पनि निर्माण सुरु नहुँदा स्थानीयमा चिन्ता छ ।

चिनियाँ थ्री गर्जेजले पश्चिम सेती आयोजना निर्माण गर्न लाइसेन्स लिए पनि काम अघि बढाएको छैन । बलायर र आलेमगर दुवैले यो आयोजनालाई अघि बढाउन कुनै कसर बाँकी नराख्ने बताए । कांग्रेस र वाम गठबन्धनले आफ्नो पार्टीले जितेर सरकार बनाएको एक वर्षमै आयोजना निर्माणको काम सुरु गरेरै छाड्ने लिखित एजेन्डा अघि सारेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया