महालक्ष्मी इन्स्योरेन्स अदालतमा


आर्थिकन्यूज
बम राखिएको हल्लालेसर्वोच्च अदालतका इजलास रोकियो

काठमाडौं, कार्तिक २८ । बीमा समितिले पछिल्लो पटक जीवन बीमा कम्पनीहरुलाई अनुमतिमा महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई सञ्चालन अनुमति दिएकोमा बीमा समिति विरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेको छ ।

बीमा समितिले बिनाकारण व्यवसाय सञ्चालन अनुमति नदिएको भन्दै कम्पनीले सर्वोच्चमा रिट दायर गरेको हो ।
जीवन बिमा व्यवसाय सञ्चालनका लागि अर्थ मन्त्रालयबाट सैद्धान्तिक सहमति पाएका कम्पनीहरूलाई समितिले तीन महिना अवधि दिएर चुक्ता पुँजी कायम गरेर आउन पत्राचार गरेको थियो । तर, तोकिएको समयमा पुँजी कायम नगरेपछि महालक्ष्मीले व्यवसाय सञ्चालन अनुमति पाएको छैन ।

यद्यपी, कम्पनीले थप समयका लागि समिति तथा मन्त्रालयमा निवेदन भने दिएको थियो । तर, उक्त निवेदनउपर कुनै पनि कारवाही नभएको भन्दै कम्पनीले सर्वोच्चमा रिट हालेको समाचार आजको कारोबार दैनिकले प्रकाशन गरको छ ।

रिलायन्सलाई अन्तिम स्वीकृत
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले बिमा समितिबाट कारोबारको अन्तिम स्वीकृति लिएको छ । कम्पनीले गत आईतबार समितिबाट स्वीकृति लिएको हो । २ अर्ब चुक्ता पुँजी रहेको उक्त कम्पनीको कर्पोरेट कार्यालय नयाँ बानेश्वरस्थित कृष्ण टावरमा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया