प्रविधिका कारण रोजगारी कटौती हुने


एजेन्सी

एजेन्सी, कार्तिक २८ । फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले केहि विश्वविद्यालयले गरेको अध्ययनले प्रविधिले आगामी दशकमा धेरै पेसाको रोजगारी घटाउने बताएका छन् ।मार्क जुकरबर्गले प्रविधिले रोजगारी सिर्जना नगर्ने तर तलब वृद्धिमा सहयोग गर्ने बताएका छन् ।

ओक्लाहामाको वायु फार्मको भ्रमण गरेपछि उनले यस्तो बताएका हुन् । ‘आफ्नो ‘इयर अफ ट्राभल’ को अन्तिम भ्रमणमा म ओक्लाहामामा छु,’जुकरबर्गले फेसबुकमा गरेको आफ्नो पोस्टमा लेखेका छन् । उनले योजनामा नपरे पनि सबै राज्यको भ्रमण गर्ने विषयलाई पनि जोड दिएका छन् ।“मेरो केही बसाइ हुनेछ र शुक्रबार बिहान मैले यो वर्ष के सिकें भन्ने विषयका बारेमा कान्सासमा प्रत्यक्ष छलफल गर्छु,” फेसबुकका सिइओले बताए ।

त्यसपछि उनले कामदारमा पर्ने प्रविधिको प्रभावका बारेमा जोड दिएका थिए । उनी विश्वका शीर्ष पाँच धनीमध्येमा पर्छन् ।
“धेरै मानिसले प्रविधिले रोजगारी सिर्जना गर्छ वा घटाउँछ भन्ने विषयमा जोड दिँदै आएका छन् । मैले यो वर्ष दुवै अवस्था देखेको छु । सुधारिएको प्रविधिले केही उद्योगमा धेरै रोजगारी सिर्जना गरेको छ र अन्य उद्योगमा घटाएको पनि छ । तर, बढ्दो मात्रामा रहेको विकसित प्रविधि सञ्चालन गर्न मानिसका लागि थप तालिमको आवश्यकता पर्छ र उनीहरूले बढी तलब पनि पाउनेछन्,” उनको भनाइ थियो ।

जुकरबर्गले तेल र ग्यासको उत्पादनमा संलग्न भएका उद्योगहरूलाई नवीकरणीय ऊर्जामा जानका लागि पनि आग्रह गरेका छन् ।“मैले डुनकानबाहिरको वायु फार्मको भ्रमण गरे । ओक्लाहामा तेल उत्पादन गर्ने राज्य हो । यसले अझै पनि अन्य कुनै पनि राज्यको तुलनामा उच्च रूपमा प्राकृतिक ग्यासको उत्पादन गर्दै आएको छ, तर प्रविधिले सुधार गर्छ र लागत पनि कम गराउँछ । सँगसँगै नवीकरणीय ऊर्जा पनि आइरहेको छ । ओक्लाहामा टेक्सासपछि देशकै दोस्रो ठूलो वायु ऊर्जा उत्पादक राज्य बन्ने तरखरमा छ,” उनले लेखेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया