आयो कतारमा रहेका नेपालीको गीत


आर्थिकन्यूज

काठमाडौं, कार्तिक २७ । आफनो कामको शिलसिलामा बाहिर रहेर पनि गीत नेपाली गीत संगीतलाई जगेर्ना एबंम संमरक्षण गर्ने उदेश्यले विभिन्न कार्यक्रमहरु गर्दै आएको मगर सांस्कृतिक संघ शाखा कतार र नेपाली कलाकेन्द्र दोहा कतारले एउटा एतिहासिक काम गरेको छ ।

पछिलो समयमा नेपाली गीत संगीतको बजारमा थुप्रै मौलिक गीत संगीतहरु अईरहेको अबस्थामा चर्चित गायक,संगीतकार डोलराज बारघरे मगर र निरु श्रीष मगरको अत्यन्तै मौलिक सालैजो गीत लाहुरे दाई बजारमा आएको छ ।
सर्जक खेम राना मगरको शब्द संगीत रहेको उक्त गीतमा डोलराज बारघरे र निरु श्रीषको स्वर रहेको छ भने गायक बारघरेकै संगीत संमोयाजन ( एरेन्ज ) रहेको छ ।

चर्चित मोडेल तथा निर्देशक सुमन थापा मगरको निर्देशनमा बनेको भिडियोलाई जनक लाफा मगर,सुमन थापा मगर रोशिका लामा र पिंकी थापा मगरको अभिनयले अझै आकर्षक बनाएको छ ।
जनक लाफा मगरको बिशेष पहल र अनुषका थापा मगर,सांस्कृतिक वसंघ र नेपाली कला केन्द्रको शिेष सहयोगमा निर्माण गरिएको गीतलाई कतारको विभिन्न ठाउँहरुमा छाँयाकन गरिएको छ । उक्त भविन्द्र तामांङको छायाँकन तथा प्रविन रेस्मी मगरको सम्पादन रहेको छ ।

भिडियो

फेसबुकबाट तपाईको प्रतिक्रिया