दक्षिण एशियामा समावेशी तथा दिगो विकासका लागि आर्थिक सम्मेलन


आर्थिकन्यूज
दक्षिण एशियामा समावेशी तथा दिगो विकासका लागि आर्थिक सम्मेलन

काठमाडौं, कात्तिक २७ । दक्षिण एशियामा समावेशी तथा दिगो विकासका लागि १०औं दक्षिण एशियाली आर्थिक सम्मेलन कात्तिक २८ गतेदेखि काठमाडौमा शुरु हुने भएको छ । राष्ट्रिय योजना आयोग, वाणिज्य मन्त्रालय तथा साउथ एशिया अन ट्रेड, इकोनोमिक्स एण्ड एनभारमेन्टको संयुक्त आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो ।

दक्षिण एशियाली विकास चुनौतिहरु सन्दर्भमा विचार तथा विमर्शको थालनी गर्दै सन् २००८ मा शुरु भएको यस मञ्चले स्थापनाको एक दशकमै क्षेत्रीय एकीकरण र सहकार्यको सशक्त माध्यमका रुपमा आफूलाई विकसित गर्दै गएको जनाएको छ । उक्त सम्मेलन कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ ।

सम्मेलनमा सार्क राष्ट्रका वाणिज्य मन्त्रीहरु, योजनाविद्हरु, आर्थिक क्षेसँग सम्बन्धित प्रवुद्ध व्यक्तिहरु तथा दक्षिण एशियाली मुलुकका उच्चपदस्थ सरकारी अधिकारीहरु सहित २ सय भन्दा बढी सहभागीहरुको प्रतिनिधित्व रहने छ । यसका अतिरिक्त युरोपियन युनियन तथा सार्क पर्यवेक्षक मुलुकहरुबाट समेत प्रतिनिधित्व रहने छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया