डिप्रोक्स लघुवित्त विकास बैंकको मुनाफा ५ करोडमाथि


आर्थिकन्यूज
डिप्रोक्स-लघुवित्त-विकास-बैंक

काठमाडौं, कातिक २७ । डिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेड (Deprosc Development Bank Limited) ले पहिलो त्रैमासमा मुनाफा ५ करोड ४१ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहि अवधिको तुलनाभन्दा २१ दशमलव ९२ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा ६ करोड ९३ लाख रुपैयाँ कमाएको थियो ।

बैंकले निक्षेपमा ४३ प्रतिशतले वृद्धि गरी १ अर्ब ८० करोड ९४ लाख रुपैयाँ संकलन गरेको छ । बैंकले कर्जामा ३६ दशमलव ८१ प्रतिशतले वृद्धि गरी ५ अर्ब ८९ करोड रुपैयाँ पुर्याएको छ । बैंकले खुद व्याज आम्दानी २ दशमलव ६३ प्रतिशतले घटेर १४ करोड ८३ लाख रुपैयाँ र संचालन मुनाफा २२ दशमलव ४७ प्रतिशतले घटेर ६ करोड ९६ लाख रुपैयाँ पुगेको छ । बैंकले सम्भावित नोक्सानी व्यवस्थामा २ करोड ५ लाख रुपैयाँ राखेको भने सम्भावित नोक्सानी व्यवस्थाबाट १ करोड ५४ लाख रुपैयाँ उठाउन सफल भएको छ ।

प्रतिशेयर आम्दानी (DDBL) ३५ दशमलव ७२ रुपैयाँ, मूल्य आम्दानीको अनुपात ३४ दशमलव ४३ गुणा, प्रतिशेयर नेटवर्थ २ सय ०८ दशमलव ०४ रुपैयाँ र तरलता अनुपात ६ दशमलव ३९ गुणा रहेको छ । त्यस्तै जोखिम युत्त सम्पत्ति २१ दशमलव ०२ प्रतिशत र निस्कृय कर्जा शुन्य दशमलव ५८ प्रतिशत रहेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया