नेपालले भारतलाई हरायो


आर्थिकन्यूज

काठमाडौं, कार्तिक २६ । मलेसियामा जारी एसीसी यू–१९ एसिया कपमा नेपालले भारतलाई पराजित गरेको छ । नेपालले आठ बिकेटको क्षतिमा ५० ओभर खेल्दै १८५ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको भारतले ४८ ओभर १ बलखेल्दै गर्दा १६६ रनमा अल आउट भएको थियो ।

नेपाली टोलीमा कप्तान दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट प्रदर्शनको मद्दतले नेपाल विजयी भएको हो । ऐरीले १ सय १ बलमा २ छक्का र ४ चौकाको मद्दतले ८८ रन र ४ विकेट लिएका थिए । मलेसियाको बायुमास ओभलमा भारतले टस जितेर पहिले फिल्डिङ गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया