सूर्या लाइफको मुनाफामा ४ गुणाले वृद्धि गर्दौ कमायो ५ करोडमाथि


आर्थिकन्यूज
सूर्या लाईफ

काठमाडौं, कातिक २६ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (Surya Life Insurance Company Limited) ले चालु आर्थिक वर्ष २०७४/७५ को पहिलो त्रैमासमा खुद नाफा ५ करोड २२ लाख रुपैयाँ कमाएको छ, जुन गतवर्षको सोहि अवधिको तुलनाभन्दा ४ गुणाले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा १ करोड २३ लाख रुपैयाँ पुगेको थियो ।

६५ करोड ६२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको सूर्या लाइफ इन्स्योरेन्सले जगेडाकोषमा ६७ करोड ८१ लाख रुपैयाँ र जीवन बीमाकोषमा २ अर्ब ७१ करोड ७ लाख रुपैयाँ राखेको छ । आम्दानीमा साढे ३ गुणाले बढेर ७ करोड ६ लाख रुपैयाँ पुगेको छ भने खर्चमा साढे २ गुणाले बढेर १ करोड ८३ लाख पुगेको छ । यहि अवधिमा कम्पनिले ३४ करोड ९६ लाख खुद बीमा शुल्क आर्जन गरेको छ भने २ करोड ९९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।

कम्पनी (SLICL) को पहिलो त्रैमासमा प्रतिशेयर आम्दानी वार्षिक ३१ दशमलव ३८ रुपैयाँ, पीई रेशियो ३२ दशमलव ०६ गुणा, प्रतिशेयर नेटवर्थको १ सय ६३ दशमलव ७५ रुपैयाँ रहेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया