महालक्ष्मीको सीईओमा कृष्ण लामिछाने


आर्थिकन्यूज

 

काठमाडौं,कार्तिक २६ । महालक्ष्मी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) कृष्णराज लामिछाने नियुक्त भएका छन् । कार्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकबाट बैंकका (सीईओ) लामिछानेलाई ४ वर्षको लागि नियुक्त गरेको बैंकले जारि गरेको विज्ञप्तिमा जनाएको छ ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृतलामिछानेको बैकिङ क्षेत्रमा ३० वर्ष भन्दा बढीको अनुभव रहेको छ । यसभन्दा पहिले लामिछाने विकास बैंकर्स एसोसिएसनको अध्यक्ष तथा कैलाश विकास बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।

हाल महालक्ष्मी विकास बैंकको चुक्ता पुँजी २ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । आश्विन मसान्त सम्ममा बैंकको निक्षेप २५ अर्ब १४ करोड रुपैयाँ र कर्जा सापट २० अर्ब १२ करोड रुपैयाँ रहेको छ, । देशभर बैंकको ६५ वटा शाखा रहेको छन् भने करिब ४ लाख ग्राहक आधार रहेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया