साधारण तरिकाले नै भयो पूर्वप्रधानमन्त्री बिष्टको अन्त्येष्टि (फोटो फिचर)


आर्थिकन्यूज

काठमाडौं, कात्तिक २५ । तीन पटकसम्म प्रधानमन्त्री बनेका नेपालका बरिष्ठ राजनीतिज्ञ कीर्तिनिधि बिष्टको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

लामो समयदेखि क्यान्सरबाट पीडित बिष्टको शनिबार बिहान आफ्नै निजी निवासमा निधन भएको हो । बिष्टको अन्तिम इच्छा राजकिय सम्मान नभइ साधरण तरिकाले अन्त्येष्टि गर्ने भनेपछि उनको इच्छा अनुसार नै आजै पशुपति आर्यघाटमा साधरण तरिकाबाट अन्त्येष्टि गरिएको छ ।

उनको निजी निवासबाट शुरु भएको शवयात्रामा मलामीहरुको ठूलो भिड लागेको थियो । त्यसमा मन्त्री, राजनितिज्ञ, आफन्त परिवार तथा सर्वसाधरणहरु रहेका थिए ।















 

फेसबुकबाट तपाईको प्रतिक्रिया