सर्वनामले देशब्यापी १० मिनेट नाटक मेला गर्ने


काठमाडौं । सर्वनाम थिएटर तेश्रो देशब्यापी १० मिनेट नाटक मेला गर्ने भएको छ ।

पछिल्लो साय युवा पुस्ताको नाटक र रंगकर्म प्रतिको रुची तथा सहभागीता बढिरहेको समयमा युवा रंगकर्मीलाई लक्षीत गरि सर्वनामले नाटक मेला आयोजना गरेको हो ।

पहिलो दोस्रो संस्करण सफलता पूर्वक सम्पन्न गरेको मेलाको तेश्रो संस्करणका लागि नाटक दर्ता आह्वान गरिएको छ । नाटकको अवधि जम्मा १० मिनेट वा सो भन्दा कमको हुनुपर्ने र नाटक मा नाट्य समाग्रीको प्रयोग एकदमै न्युन गरिनुपर्ने हुन्छ ।

बिशेषत भर्खरै रंगकर्म सिकेर रंगमञ्चमा केही गर्न चाहने युवा रंगकर्मीलाई लक्षित गरेर आयोजना गरिने यो मेलामा गएका बर्षमा झण्डै ६ दर्जन नाटकले सहभागीता जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया