प्रधानमन्त्रीले पुनः थपे आठ मन्त्री, कमल थापा उपप्रधानमन्त्रीमा नियुक्त


काठमाडौं, असोज २७ । प्रधानमन्त्री शेरबहादुर देउवाले पुनः मन्त्रिपरिषद् बिस्तार गरेका छन् । राप्रपाका नेताहरुलाई मन्त्री बनाउँदै प्रधानमन्त्रीले मन्त्रीपरिषद् बिस्तार गरेका हुन् । नयाँ बिस्तारित मन्त्रीमण्डलमा राप्रपाका अध्यक्ष कमल थापा उपप्रधानमन्त्री भएका छन् । उनले कुन मन्त्रालय लिने भन्नेबारे टुंगो लागेको छैन ।

त्यस्तै, मन्त्रीका नयाँ अनुहारहरुमा जयन्त चन्द, दिलनाथ गिरी, विक्रम थापा रहेका छन् उनीहरु विनाविभागीय मन्त्री बनेका हुन् । राप्रपाकै अन्य मन्त्रीहरुमा कन्ती शाही, भास्कर भद्रा, सुशीला श्रेष्ठ र कान्ता भट्टराई रहेका छन् । उनीहरुलाई राज्यमन्त्री बनाइएको हो । सबै नयाँ मन्त्रीहरुले कुन मन्त्रालय लिने भन्नेबारेमा निर्णय भइसकेको छैन ।

नवनियुक्त मन्त्रीहरुको सपथग्रहण कार्यक्रम भोली हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया