टेलिकमको १९७ अब हाईवे लिङकलाई


टेलिकम

काठमाडौं, असोज २७ । नेपाल टेलिकमको १९७, १९१ र १४९८ सोधपुछ तथा ग्राहक सेवा केन्द्रको जिम्मा नयाँ कम्पनी हाइवे लिङकले पाएको छ । उक्त केन्द्रको शुक्रबार सञ्चार राज्यमन्त्री तप्त बहादुर बिष्टले उद्घाटन गरेका छन् । हाईवे लिङकसँग सेवा सञ्चालनका लागि नेपाल टेलिकमले सार्वजनिक गरेको टेण्डर प्रक्रियाबाट छनौट भएर ३ वर्षसम्म यो सेवा सञ्चालन गर्न पाउने छ ।

सोधपुछ तथा ग्राहक सेवा केन्द्र सञ्चालनका लागि कम्पनीले काठमाडौंको नयाँ बजारमा नयाँ संरचना निर्माण गरि करिब १ सय जना कर्मचारीको व्यवस्था समेत गरेको छ ।

राज्यमन्त्री बिष्टले समय सापेक्ष नयाँ प्रविधि भित्र्याएर टेलिकमका ग्राहकलाई नयाँ र सर्वसुलभ सेवा उपलब्ध गराए यो सेवाले महत्वपूर्ण योगदान गर्ने बताए ।

टेलिकम सञ्चालक समितिका अध्यक्ष तथा सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले ग्राहकको गुनासोलाई सम्बोधन गर्नका लागि सेवा केन्द्र उपयोगी हुने जानकारी गराए ।

टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले भने यो केन्द्रले ग्राहकलाई रहेक प्रकारका जिज्ञासा तथा गुनासाको सम्बोधन गर्ने बताइन ।

नेपाल टेलिकमले निकट भविष्यमा सञ्चालनमा ल्याउने भनेको ग्राहक सम्पर्क केन्द्र समेत यहि कम्पनीबाट सञ्चालन गर्ने गरि यो सेवा शुरु गरिएको टेलिकमक प्रवक्ता प्रतिभा वैद्यले बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया