यसरी मनाइयो प्रहरी दिवस (फोटोसमाचार)

यसरी मनाइयो प्रहरी दिवस (फोटोसमाचार)

काठमाडौं, असोज २७ । नेपाल प्रहरीले शुक्रबार ६२ औं प्रहरी दिवस मनाएको छ । प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री जनार्दन शर्मा, गृह मन्त्रालयका अधिकारीहरु, प्रहरी महानिरीक्षक प्रकाश अर्याल तथा नेपाल प्रहरीका अन्य उच्च अधिकारी सहभागी थिए ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाल प्रहरीले इतिहासको विभिन्न कालखण्डमा आईपरेको चुनौतिहरुको सामना गरेर देश र जनताको सेवा गर्दै आएको उल्लेख गरे । त्यस अवसरमा उनले नेपाल प्रहरीको व्यवसायिक सफलता र समुन्नत भविष्यको कामना समेत गरे ।

यसरी मनाइयो प्रहरी दिवस (फोटोसमाचार)

कार्यक्रममा गृहमन्त्री जनार्दन शर्माले नेपाल प्रहरीलाई देश र जनताको सेवामा समर्पित हुन निर्देशन दिएु । उनले नेपाल प्रहरीलाई राजनीतिक हस्तक्षेप मुक्त संगठनका रुपमा विकास गर्न आफू प्रतिवद्ध रहेको पनि दोहो¥याए ।

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आम नागरिकसँग अझै सम्बन्ध विस्तार गरी मुलुकको शान्ति सुरक्षा सुदृढ बनाउन लागि पर्ने प्रतिवद्धता व्यक्त गरे । उनले मुलुकको शान्ति सुरक्षालाई सुदृढ बनाउन ‘प्रहरी हाम्रो टोलमा’ अभियान संचालन गरिएको पनि स्मरण गराएका थिए ।

यसरी मनाइयो प्रहरी दिवस (फोटोसमाचार)

यसरी मनाइयो प्रहरी दिवस (फोटोसमाचार)

यसरी मनाइयो प्रहरी दिवस (फोटोसमाचार)

यसरी मनाइयो प्रहरी दिवस (फोटोसमाचार)

यसरी मनाइयो प्रहरी दिवस (फोटोसमाचार)

 

NMB Bank Saral Bachat Khata

फेसबुकबाट तपाईको प्रतिक्रिया