कालिका पावरको १८ लाख कित्ता आईपिओ आउँदै, कति पायो रेटिङ ?


गुराँस

काठमाडौं, असोज २७ । कालिका पावर कम्पनी लिमिटेड (Kalika Power Company Ltd) ले साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीको आईपीओलाई इक्रा नेपालले ग्रेड फोर रेटिङ प्रदान गरेको छ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको शेयरको ग्रेडिङ गरेको हो । यो ग्रेडिङले कम्पनी औसत आधारभन्दा तल्लो स्तरको भन्ने संकेत गर्दछ ।

इक्राले ग्रेड १ देखि ५ सम्म प्वाइन्ट स्केलमा ग्रेडिङ प्रदान गर्दछ र जसमा ग्रेड १ ले बलियो आधारहरू भएको र ग्रेड २ ले औसत आधारभन्दा माथिल्लो तहको जनाउँछ । त्यस्तै ग्रेड ३ ले औसत आधार भएको र ग्रेड ५ ले कमजोर आधार भएको संकेत गर्छ । त्यस्तै ग्रेड २, ३ र ४ मा प्रयोग गरिने जोड (प्लस) चिह्नले भने त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँछ ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता शेयर निष्कासन गर्ने भएको हो । जसअन्तर्गत पहिलो चरणमा कम्पनीले स्थानीय बासीका लागि शेयर निष्कासको अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले स्थानीय बासिन्दाका लागि ६ लाख कित्ता आईपिओ निष्कासन गर्नेछ । पहिलो चरणमा स्थानीयबासीलाई शेयर जारी गरेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई शेयर निष्कासन गर्ने छ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा काठमाडौं क्यापिटल मार्केट लिमिटेड र ग्लोलब आईएमई क्यापिटल लिमिटेड रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया