वाम गठबन्धनमा हलचल, बाबुराम देब्रे आँखामा चुनाव लड्ने

काठमाडौं, असोज २७ । नयाँ शक्ति नेपालले आफ्नै पार्टीको चुनाव चिन्हमा चुनाव लड्ने भएको छ । वाम गठबन्धनको घोषणासँगै नेकपा एमालेको सूर्य चुनाव चिन्ह लिएर चुनाव लड्ने घोषणा गरेका नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले अब देब्रो आँखा चुनाव चिन्हबाटै निर्वाचन लड्ने बताएका हुन् ।

सिट बाँडफाँडमा एमाले र माओवादी केन्द्रसँग कुरा नमिलेपछि नयाँ शक्ति आफ्नै पार्टीको चिन्हमा चुनाव लड्न लागेको हो । पार्टीको संघिय सचिवालय बैठकमा आफूले जस्तोसुकै परिस्थितिमा पनि गोरखा २ बाटै चुनाव लड्ने घोषणा गरेका छन् ।

वाम पार्टीको चुनावी तालमेलमा नयाँ शक्तिलाई सम्मानजनक स्थान दिने भनिएता पनि स्थिति अप्ठेरो रहेको जवाफ एमालेले दिएको थियो । भट्टराईले आफूले गठबन्धन भने नतोडिसकेको बताएका छन् ।

भट्टराईले गोरखा २ बाट चुनाव लड्ने बताए पनि माओवादी केन्द्रले उक्त क्षेत्र छोड्न नमानेपछि भट्टराई असन्तुष्ट बनेको खबर सार्वजनिक भएको थियो ।

NMB Bank Saral Bachat Khata

फेसबुकबाट तपाईको प्रतिक्रिया