बीमा संस्थानको १० वर्षअघिको साधारणसभाको मिति तय, कति दिने भयो बोनस ?

बीमा संस्थानको १० वर्षअघिको साधारणसभाको मिति तय, कति दिने भयो बोनस ?

काठमाडौं, असोज २७ । सरकार स्वामित्वको राष्ट्रिय बीमा संस्थाले १० वर्षको वार्षिक साधारणसभा गर्ने भएको छ । संस्थानले कात्तिक १७ गते १ दशकअघिको ३० औं साधारणसभा गर्ने भएको छ ।

संस्थाले महालेखा परीक्षकको कार्यालयले बारम्बार दवाव दिएपछि लाखापरिक्षण गर्न बाँकि रहेको आर्थिक वर्ष २०६९र७०, २०७०/७१ र २०७१/७२ को लागि लेखापरीक्षकद्धय सिए रविन सापकोटा र गोपाल प्रधानलाई नियुक्त गर्ने जनाएको छ ।
संस्थाले आर्थिक वर्ष ०६३/०६४ देखि ०६५/०६६ सम्मको ३ वर्षको वार्षिक साधारणसभा एकै पटक गर्ने भएको हो ।

कम्पनीले आव ०५८/०५९ देखि ०६३/०६४ सम्म कायम रहेको चुक्तापुँजीको ४२.११ प्रतिशतका दरले हुन आउने ५ करोड १७ लाख २० हजार बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव सभामा पेश गर्ने जनाएको छ ।

 

NMB Bank Saral Bachat Khata

फेसबुकबाट तपाईको प्रतिक्रिया