माछापुच्छ्रे बैंकको एक लाख ६० हजार कित्ता शेयर लिलामीमा

आइतबारदेखि माछापुच्छ्रेको लिलामी शेयर

काठमाडौं, असोज २७ । माछापुच्छ्रे बैंक (Machhapuchhre Bank Limited) ले बिक्री नभएको हकप्रद शेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ । बैंकले साउन ५ गतेदेखि भदौ ७ गतेसम्म चुक्तापूँजीको १२ प्रतिशतका दरले ७९ लाख १८ हजार ४४० कित्ता हकप्रद हकप्रद शेयर निष्कासन गरेको थियो ।

हकप्रदमा नबिकेका एक लाख ६० हजार ७४२ कित्ता शेयर बैंकले लिलाम गर्ने भएकोे हो । बैंक (MBL) ले एक लाख ४० हजार ७४० कित्ता साधारण र २० हजार दुई कित्ता संस्थापक शेयरको लिलामीमार्फत बिक्री गर्न लागेको हो ।

बोलकबोलमार्फत बैंकको शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले कार्तिक ५ गतेदेखि १३ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।बैंकको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

बैंकको साधारण शेयरमा आबेदन दिन चाहनेले कम्तिमा १०० कित्ता र सोभन्दामाथि १० ले भाग जाने संख्यामा मात्र आबेदन सक्नेछन् भने संस्थापक शेयर संस्थापक शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । बैंकको विहिबार दोस्रो बजारमा शेयर मूल्य ३१५ रुपैयाँमा कारोबार बन्द भएको थियो ।

NMB Bank Saral Bachat Khata

फेसबुकबाट तपाईको प्रतिक्रिया